काठमाडौं,राष्ट्रिय सभाको अध्यक्ष हुनैपर्ने भएकाले भनेर कांग्रेसको बैंठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवारको औपचारिक निर्णय नगर्दै प्रधानमन्त्री प्रचण्डको सिफारिस भएकाले टिकट लिएर गएका कांग्रेस नेता कृष्ण सिटौंला सत्ता समिकरण फेरिएपछि राष्ट्रिय सभा अध्यक्ष नजित्ने भएपछि उम्मेदवार नै नबन्ने भएका छन् र नजित्ने अध्यक्ष पदमा पुराना नेता आनन्द प्रसाद ढुंगाना र कमला पन्त मध्ये एकलाई उम्मेदवार बनाउन लागेका छन् तर राष्ट्रिय सभाको अध्यक्ष बन्नकै लागि राष्ट्रिय सभाको अध्यक्ष बन्नकै लागि राष्ट्रिय सभा सदस्य बनेका सिटौला अध्यक्षको उम्मेदवार तय हुनुअघिनै कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेता बनेर मैदानबाट भागेका छन् ।
कांग्रेसले राष्ट्रिय सभा सदस्यको मापदण्ड विपरीत उम्मेदवार बनाएपछि विराटनगर पुगेर उनले माओवादी र कांग्रेसको गठबनधन १० वर्ष टिक्ने बताएका थिए र उनको चुनाव प्रचारमा विराटनगर पुगेका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले राष्ट्रिय सभा अध्यक्ष बनाउनै पर्ने भएकाले सिटौलालाई राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार बनाइएको बताएका थिए । तर अहिले ती सबै घोषणा हावादारी प्रमाणित भएका छन् र उनी कति कमजोर सूचनको जगमा उभिएका रहेछन् भन्ने छर्लङ्ग भएको छ ।