काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला चार सयले ओरालो लागेको हो ।
आइतबारका लागि छापावाला सुन प्रतितोला एक लाख २५ हजार कायम रहेको छ । प्रतितोला एक लाख २५ हजार चार सयमा शुक्रबार छापावाला सुन कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख २४ हजार आठ सयमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्यमा शुक्रबार प्रतितोला एक हजार पाँच सय १५ मा कारोबार भएको चाँदी आइतबार एक हजार पाँच सय ३० कायम गरि सामान्य वृद्धि भएको छ ।