काठमाडौं, जेठ २५ प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा १८ करोड ३० लाख ९२ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीका अनुसार यो मुनाफा कम्पनीको गत आवको सोही अवधिको तुुलनामा दुुई करोड रूपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १६ करोड ३६ लाख ८१ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी दुुई अर्ब ७९ लाख ३९ हजार रूपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी १२ रूपैयाँ १६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ५९ रूपैयाँ छ पैसा रहेको छ ।