नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रनिनिधि सभा सदस्य शेरबहादुर देउवाकी पत्नी आरजु राणाको दिल्लीमा अप्रेशन सफल भएको छ । स्वास्थ्य उपचारका लागि दिल्ली गएकी राणाको दिल्ली स्थित म्याक्स अस्पताल सकिट मा हाईपर प्याराथाईरोडिज्मको अप्रेशन सम्पन्न भएको स्वकिय सचिव कमल रावलले जारि गरेको विज्ञप्तीमा बताईएको छ । हाल उनको स्वास्थ्य अवस्था सुुधार हुँदै गएको र चिकित्सकहरुको परामर्श अनुसार अझै केही समय अस्पतालमै उपचार गर्नुपर्ने समते बताएका छन् ।