काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको ग्लोबल मनी विक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाका सातै प्रदेशमा रहेका १८ शाखाहरूले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झण्डै एक हजार विद्यार्थीहरूलाई वित्तीय ज्ञान, सिप र वित्तीय चेतना तथा बैंक वित्तीय संस्थाले दिने सेवा र यसमा ग्राहकले अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी दिइएको छ ।
हाल २६ शाखा र एउटा एक्स्टेन्सन काउन्टरसहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा समेत वित्तीय चेतनालाई वृद्धि गर्दै समाजमा बैंक वित्तीय संस्थाप्रति विश्वास दिलाउन अन्य यस्तै प्रकारका कार्यक्रमहरू आयोजना गरिने जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले दिए ।