काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र स्टार हस्पिटलका बीचमा स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा रिलायन्स फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र स्टार हस्पिटलको तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले हस्ताक्षर गरेका हुन् । यस सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सका समस्त ग्राहकवर्ग, सेयरधनी तथा कर्मचारीहरूले स्टार हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६ मंसिर १० मा प्राप्त गरी मिति २०६६ मंसिर १८ बाट संस्थाको केन्द्रीय कार्यालय प्रदर्शनी मार्गबाट आफ्नो कारोबार सुरु गर्दै आएको यस संस्थाले हाल कामनपा १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालयसहित मुख्य शाखा कार्यालय सञ्चालन गरेको छ । संस्थाले न्युरोड काठमाडौं, सीतापाइला काठमाडौं, इमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, बेँसीसहर लमजुङ, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणिग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कञ्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, बिर्तामोड झापा, धुलाबारी झापा र टाँडी चितवनमा शाखा कार्यालय गरी जम्मा २१ वटा शाखा कार्यालय खोली कारोबार गर्दै आएको छ ।
संस्थाले ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नाराका साथ संस्थाका ग्राहकलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शीर्षकहरूमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरी आकर्षक ब्याज प्रदान गर्दे निक्षेप संकलन गर्दै आएको छ ।