काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमईपेले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरूलाई लक्षित गरी ‘जेट सेटरिवार्ड’ नामक अफर ल्याएको छ । यो अफरअन्तर्गत आइएमई पे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा शत प्रतिशत क्यासब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् ।
यही चैत ६ देखि जेष्ठ मसान्तसम्म तीन महिनाको लागि चल्ने सो अफरका तीन जना भाग्यशाली विजेताको नाम आइएमई पेको सामाजिक सञ्जालमा सार्वजनिक गरिने छ । यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको शत प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । दोस्रो विजेताले द लेकसाइड रिट्रिट–पोखराको प्याकेज जित्न सक्नेछन् भने तेस्रो विजेताले चन्द्रागिरि हिल्स रिसोर्टको प्याकेज जित्ने मौका पाउनेछन् । यसका साथै आइएमई पेमार्फत टिकट खरिद गर्ने ग्राहकहरूले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।