काठमाडौं । जीडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ । कम्पनीले यो योजना हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरूमा लागू गरेको छ ।
कम्पनीका अनुसार ओरा ०३ ईभीमा भारी नगद छुट, फ्रि एसेसरिज, एक वर्षसम्मको व्यापक बीमा र फास्ट चार्जरसहित पाँच लाख रुपैयाँसम्मको फाइदा पाउनेछन् । यस्तै, हाभलका एच् सिक्स, र जोलायनमा आठ दशमलव पाँच लाखसम्मको फाइदासहित नगद छुट, एक वर्षसम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्रि एसेसरिज रहेको छ । साथै, पावरमा १० लाखसम्मको फाइदासहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । यसैगरी जीडब्लुएमको सोरूममा गई टेस्ट ड्र इभ समेत गर्न सकिनेछ ।