काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश जोशी नेतृत्वको एक टोली आरती साह मृत्यु प्रकरणको छानबिन गर्न जनकपुर गएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीका नेतृत्वमा पाँच सदस्यीय टोली जनकपुर पठाइएको जानकारी दिएका छन् ।
प्रवक्ता ढकालले केन्द्रीय अनुनसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत डीएसपी जागेश्श्वर भण्डारी, एसपी होविन्द्र बोगटी, इन्सपेक्टर शान्ता लामासहित जोशीसँगै जनकपुर पुगेर घटनाको छानबिन अघि बढाइसकेको बताए ।
पीडित पक्ष र गृहमन्त्रालयबीच पुन अनुसन्धान गर्नेबारे गत ३० फागुनमा सहमति भएको थियो । सोही अनुसार टोली पठाइएको हो । पीडित परिवारलाई वार्ताका लागि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय बोलाएर छलफल गरेका थिए ।