काठमाडौँ जेठ २७
एनएमबी बैंकले क्षेत्रीयस्तरको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्नेभएको छ । एनएमबी बैंकका अनुुसार यही जेठ २५ गते बैंकले कञ्चनलाई प्राप्ति गर्ने सम्झौता गरेको हो । प्राप्तिपश्चात् एनएमबी बैंकको चुक्ता पुँजी १४ अर्ब ५३ करोड ५४ लाख १७ हजार रूपैयाँ पुुग्नेछ । हाल एनएमबी बैंकको मात्र चुक्ता पुँजी १३ अर्ब ९५ करोड नौ लाख ८७ हजार रूपैयाँ रहेको छ भने कञ्चनको चुक्ता पुँजी ५८ करोड ४४ लाख ३० हजार रूपैयाँ रहेको छ ।
यसैगरी प्राप्तिपश्चात् एनएमबीको कुुल निक्षेप एक खर्ब ३४ अर्ब १२ करोड ३४ लाख ९२ हजार रूपैयाँ पुुग्ने छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणलाई आधार मान्दा एनएमबीको निक्षेप एक खर्ब २७ अर्ब ९३ करोड आठ लाख ९७ हजार रूपैयाँ रहेको छ भने कञ्चनको निक्षेप छ अर्ब १९ करोड २५ लाख ९५ हजार आठ सय रूपैयाँ रहेको छ ।
यसैगरी प्राप्तिपश्चात् एनएमबी बैंकको कुुल कर्जा एक खर्ब २० अर्ब ५५ करोड ८५ लाख ८८ हजार रूपैयाँ पुग्ने छ । हाल एनएमबी बैंकको मात्र कर्जा रकम एक खर्ब १५ अर्ब ५६ करोड ६६ लाख २८ हजार रूपैयाँ रहेको छ भने कञ्चनको कर्जा रकबम चार अर्ब ९९ करोड १९ लाख ६० हजार रूपैयाँ रहेको छ । प्राप्तिपश्चात् एनएमबीको खुुद मुनाफा एक अर्ब ९५ करोड २२ लाख १३ हजार रूपैयाँ पुुग्ने छ । हाल एनएमबी बैंकको मात्र खुद मुनाफा एक अर्ब ८८ करोड ३२ लाख ८३ हजार रूपैयाँ रहेको छ भने कञ्चनको खुुद मुनाफा छ करोड ८९ लाख ३० हजार रूपैयाँ रहेको छ । यस अवधिमा एनएबी बैंकमा दुुई दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने कञ्चनमा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।