काठमाडौं । यज्डी मोटरसाइकलहरूको आधिकारिक विक्रेता अग्नि मोटोइंकले नयाँ वर्ष २०८१ को अवसरमा आफ्नो यज्डी स्क्र्याम्ब्लरमा जीवनमा एक पटक मात्र पाइने अफर ल्याएको छ । यसमा हरेक राइडरले क्यासब्याक र सबैभन्दा ठूलो छुट पाउनेछन् ।
यो अफरमा मोटरसाइकल खरिद गर्नका लागि उत्तरढोका, काठमाडौं तथा नेपालगञ्जमा रहेका सोरुमहरूमा जानुपर्नेछ । अग्नि मोटोइंकका उपमहाप्रबन्धक प्रत्युस श्रेष्ठका अनुसार अन रोड र अफ रोड सबैतिर चलाउन सकिने यज्डी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेहरूलाई लक्षित गरी ल्याइएको हो । यस मोटरसाइकलमा बिएससिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाको लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबीएस राखिएको छ ।