काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले ग्लोबल मनी विक–२०२४ वित्तीय सचेतना ¥याली सम्पन्न गरेको छ । तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको संस्थाले आफ्ना पाँच जना युवा महिला ग्राहक सदस्यहरू, चितवन जिल्ला भरतपुर महानगरपालिका-२० भिमनगरस्थित भीमनगर माध्यमिक विद्यालयका कक्षा ११ र कक्षा १२ मा अध्ययनरत ४४ जना विद्यार्थीहरू, दुई जना शिक्षक, तीन जना संस्थाको ज्योतिनगर शाखाका कर्मचारीहरू, दुई जना संस्थाको पर्सा शाखाका कर्मचारीहरू, १३ जना संस्थाको केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरू, अधिकृतस्तरीय कर्मचारीहरू, अन्य सम्पूर्ण कर्मचारीहरू, एक जना भरतपुर महानगरपालिका(२६ का वडासदस्य, भरतपुर महानगरपालिका चनौलीस्थित इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मीहरू गरी ६८ जनाको सहभागितामा चितवन जिल्लाको भिमनगरबाट चनौलीबजार, वसन्तचौक हुँदै लाहुरे चोकसम्म ’वित्तीय सचेतना र्याली’ सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेललले जानकारी दिए ।
स्थानीय बालबालिकाहरू तथा युवाहरूलाई लक्षित गरी जनचेतना जगाउने हेतुले प्लेकार्डसहित र्याली निकालिएको थियो । ग्लोबल मनि विक मनाउँछौं मनाउँछौं, आजको बचत भोलिको सुरक्षा, फजुल खर्च रोक्छौं रोक्छौं मितव्ययी बन्छौं बन्छौं, औपचारिक बैंक तथा वित्तीय संस्थासँग मात्र कारोबार गरौं कारोबार गरौं, रेमिट्यान्स पठाउँदा बैंकिङ च्यानलको प्रयोग गरौं प्रयोग गरौं, नोट सधैं सफा र सुरक्षित राखौं सफा राखौं, बजारमा आर्थिक कारोबार गर्दा स्वदेशी मुद्राको मात्र प्रयोग गरौं ।