काठमाडौं । रिभर फल्स पावर लिमिटेडले एकै पटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले यही वैशाख २० गते एकै पटक आफ्नो सातौं र आठौं वार्षिक साधारणसभा गर्न लागेको हो ।
कम्पनीका अनुसार सो दिन आर्थिक वर्ष २०७८/७९ र आव २०७९/८० को वार्षिक साधारणसभा गर्न लागेको हो । काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा हुने उक्त वार्षिक साधारणसभामार्फत कम्पनीले पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही वैशाख १० गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ ।