काठमाडौं, जेठ २८
कोभिड १९ को महामारीबाट मुक्त हुन र सुरक्षित जीवनयापनको लागि केडिया अर्गनाइजेसनको र वृज सिमेन्टको संयोजकत्वमा निर्माण गरिएको ‘आवाज एकताको’ सन्देशमूलक सामाजिक भिडियो सार्वजनिक गरिएको छ । सबै नेपालीको मनोबल र आत्मविश्वास कायम राखिरहन केडिया अर्गनाइजेसन र वृज सिमेन्टद्वारा यो सिर्जनामूलक सांगितीक भिडियो सन्देश मार्फत चेतना जगाउन प्रयास गरिएको कम्पनीले जनाएको छ । यस गीतको सम्पूर्ण निर्माण व्यवस्थापन, संयोजन एवं निर्माण कि एडभरटाईजिङ्ग सर्भिस प्रा.लि.ले गरेको हो । गीतमा रचना तथा निर्देशन रवि श्रेष्ठको रहेको छ ।
यस गीतमा रामकृष्ण ढकाल, अन्जु पन्त र इन्द्र आरपीको स्वर रहेको छ । गीतमा हरिवंश आचार्य, दीपाश्री निरौला, रामकृष्ण ढकाल, संगीतकार आलोक श्री, कलाकारहरु केदार घिमिरे, जीतु नेपाल, सीता घिमिरे, रक्षा श्रेष्ठ, आँचल शर्मा, मिस नेपाल अनुश्का श्रेष्ठ, संजोक बश्याल, जीवन पराजुली, विजय बश्याल केडिया अर्गनाइजेसनका प्रबन्धनिर्देशक मनोज केडिया लगायतको अभिनय रहेको छ ।