वीरगञ्ज, जेठ २९
वीरगञ्जमा रगत अभाव भएपछि गिरिजा प्रसाद कोइराला फाउण्डेसन पर्साले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउनका कारण वीरगञ्ज रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि फाउण्डेसन पर्साले रक्तदान र्कायक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा एक महिलासहित एक सय दुई जनाले रगत दिएका फाउण्डेसन पर्साका सदस्य मनोज राउत कुर्मीले जानकारी दिए । नेपाल सरकारले लागू गरेको नियमानुसार नै सामाजिक दूरी कायम गरेर रक्तदान कार्यक्रमको आयोजना गरिएको पर्सा फाउण्डेसनका कोषाध्यक्ष मनोहर साहले बताए । रक्तदान कार्यक्रममा फाउण्डेसन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न सामाजिक संघ÷संस्थामा आबद्ध व्यक्तिहरु रक्तदान गरेका थिए ।