काठमाडौं । सरकारले सुनकोशी र नारायणी नदीमा टर्मिनल सहित जलमार्ग सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको छ ।

सरकारले नेपालमा जल यातायात प्रयोजनका लागि आवश्यक संस्थागत तथा कानुनी प्रबन्ध गर्ने समेत बताएको छ । समुद्रमा चल्ने पानीजहाज नेपालमा दर्ता हुने व्यवस्था गरिने समेत राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।