काठमाडौं । विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत् स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ । नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो ।
अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा सुरक्षित पनि हुँदैन । हुण्डी मार्फत रकम पठाएको जाानकारी भएपछि कानुन बमोजिम सजाय पनि हुन्छ । कार्यथलोमै लिन आउने र घरमै पुर्याईदिने भएपछि अनि धेरै शुल्क पनि नलाग्ने भएकाले मानिसहरु हुन्डीमा आकर्षित हुने गरेका छन् ।
हुन्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट पठाउँदाभन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झट पनि नहुने भन्दै हुन्डीको माध्यम प्रयोग गरेर थुप्रै नेपालीले विदेशबाट पैसा पठाउने गर्दछन् ।
किन हुण्डी कारोबारलाई जोखिमपूर्ण मानिन्छ ?
हुण्डी कारोबार मार्फत बिदेशबाट स्वदेशमा रकम प्राप्त भएपनि यो अत्यन्त जोखिमपूर्ण छ । खासगरी सुन तस्करी, लागु औषध कारोबार, न्यून विजकीकरण गरि समान आयात, मानव बेचबिखन, अबैध हातहतियारको कारोबार जस्ता अपराधजन्य कार्यमा हुण्डीले प्रसर्य दिइरहेको पाइन्छ । त्यसैले पनि हुण्डी कारोबातरलाई अबैध र जोखिमपूर्ण मानिएको हो ।
हुण्डी कारोबार गर्नेहरुले कुनैपनि देशको कानून अनुसार रेमिट्यान्स कारोबार गर्नका लागि स्वीकृति लिएका हुँदैनन् । त्यसैले आफुले कमाएको पैसा बीचैमा हिनामिना हुनसक्ने जोखिम उत्तिकै छ । त्यसैले रकम हिनामिना भएमा कानुनी उपचार पाउन समेत कठिन छ ।