काठमाडौं, जेठ ३२
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असार १३ गते १८औं वार्षिक साधारणसभा गर्ने घोषणा गरेको हो । कम्पनीका अनुसार यही जेठ २७ गते बसेको सञ्चालक समितिको एक सय ६०औं बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो । उक्त सभा मार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्नुका अतिरिक्त लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । चुक्ता पुँजी एक अर्ब रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १६ करोड तीन लाख ३६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १८ करोड १० लाख १८ हजार रूपैयाँ रहेको थियो ।