भन्सारको प्रावधान बिरुद्ध आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सार कार्यालय बिच बिहीबार वार्ता भएको छ । वार्तावाट नतिजा परिणाममुखी हुने विश्वास लिइएको छ । वार्तामा सरकारको तर्फबाट
महानिर्देशक सहितको टोली र आन्दोलनकारीको तर्फबाट आजपाको उपाध्यक्ष तिलक थापा, प्रवक्ता चन्द्रभूसन साह, संघर्ष समितिको संयोजक रन्जु कुमारी साह लगायत ५जना को टोली रहेको थियो।
आम सम्पर्क मञ्चले भदौ महिना देखि शुरू गरेको आन्दोलनको आज चौथो चरण अन्र्तरगत भन्सार विभाग घेराउ गरेको छ । उस्ले बिभिन्न मागहरु राखेको छ ।
भन्सार नियमावलीमा रहेको परिच्छेद-१० को पुरस्कार सम्बन्धि सम्पूर्ण प्रावधान हटाउने ,२० कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउने ,३० भन्सार महशुल नबुझाएकै कारण निजि सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गर्ने ।
४० प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्ने ,५० घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्ने र ६० भन्सारबाट उठेको राजस्व रकमको २५ ( सम्बन्धित प्रदेशलाई र २५) सिमा संग जोड़िएका पालिकाहरुलाई दिने व्यवस्था गर्ने माग राखेको हो ।
