काठमाडौं । विश्वका २० ठूला सेयरबजारहरुमध्ये १४ वटा बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेका छन् । विकसित र उदीयमान बजारहरु ट्रयाक गर्ने एमएससीआई एसीडब्ल्यूआई इन्डेक्सले शुक्रबार अर्को नयाँ उचाइ सेट गर्दै रेकर्ड ब्रेक गरेको छ ।
अमेरिकामा एस एन्ड पी ५०० र नास्डाक १०० ले गतसाता रेकर्ड हिट गरेका छन् । डाउ जोन्स इन्ड्रस्ट्रियल एभरेज पहिलो पटक ४० हजार नाघेको छ । युरोप, क्यानडा, ब्राजिल, भारत, जापान र अस्ट्रेलियाका ठूला सेयरहरु पनि शिखर विन्दु नजिक पुगेका छन् ।
बढ्दो ब्याजदर कटौती, स्वस्थ्य अर्थतन्त्र र कर्पोरेट आम्दानीमा भएको वृद्धिले सेयरबजारलाई निर्देशित गरिरहेको विश्लेषकहरुले बताएका छन् । अधिकांश ठूला बजारमा कुनै पनि रातो संकेतहरु देखिएका छैनन् ।