काठमाडौं : सरकारले मीटरव्याज पीडितहरुलाई न्याय दिलाउने चर्का कुरा खोकेर पीडितहरुसँग छानवीन र सहमति गरेपनि धादिङमा प्रहरी प्रशासनले मिटरव्याजीहरुसँग मिलेर मिटरब्याज पीडितहरुमाथि दमन चक्र चलाएको छ । मिटरब्याजी ढोलाली भनिने बलराम श्रेष्ठले गत ६ गते मिटरब्याजको रकम नदिएको भनी गिताराज तिमल्सीनामाथी हातपात तथा अभद्र व्यवहार गरे । उनले सोहि दिन जिल्ला प्रहरी कार्यालय धादिङमा श्रेष्ठ विरुद्ध कुटपीट तथा अभद्र व्यवहारको किटानी जाहेरी दिएका थिए । एसपीले सत्य तथ्य बुझि कानुन बमोजिम गर्न अपराध अनुसन्धानलाई तोक आदेश पनि गरेका थिए । तर मुद्दाका इन्सपेक्टर अभय लामाले मिटरब्याजी ढोलाली भनिने बाबुराम श्रेष्ठसँग मिलेर पीडित निवेदकका परिवारका सदस्यलाई नियन्त्रणमा लिई यातना दिएको र पीडित तिमल्सीनाले दिएको जाहेरीको फोटो खिचेको आरोपमा उनका शुभचिन्तकहरुको समेत फोन खोसेर राखेको र नियन्त्रणमा लिएर धम्क्याएको थाहा भएको छ । पीडितहरुले प्रहरी निरिक्षक लामाले धम्क्याएको र थुन्ने धम्की दिएको बताएका छन् ।