काठमाडौं । ललितपुरको सातदोवाटो चोकमा मंगलवार अपराह्न भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । धादिङका शिव राज खड्काले चलाएको बा ८ ख ७५०६ नम्बरको मालबाहक ट्रकले पैदल यात्री अप्सरा दाहाललाई बाटो क्रस गर्दै गर्दा ठक्कर दिँदा दाहालको घटनास्थलमानै मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता एसएसपि जीवन कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ ।