न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग परराष्ट्रसचिव सेवा लम्सालले मङ्गलबार भेटघाट गरेकी छिन् । न्युयोर्कस्थित स्थायी नियोगले भेटका अवसरमा नेपाल र राष्ट्रसङ्घको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसङ्घले नेपालको विकासमा खेलेको भूमिकालगायतका विषयमा छलफल भएको जनाएको छ ।
वरमुडामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकासशील साना टापु राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट भाग लिन यहाँ आएकी सचिव लम्सालले सोही सम्मेलनको साइड लाइन बैठकमा महासचिव गुटेरेससँग शिष्टाचार भेट गरेकी हुन् । भेटका अवसरमा उनीहरुबीच जलवायु परिवर्तनलगायत बहुपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ ।