काठमाडौं, असार २
नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा दिपक पराजुुली नियुुक्त भएका छन् । कम्पनीका अनुसार उनलाई असार एक गतेदेखि लागू हुुनेगरी एक वर्षको लागि कम्पनी सचिवमा नियुुक्त गरिएको हो । संस्थाको यही जेठ २९ गते बसेको ५८औं सञ्चालक समितिको बैठकले पराजुलीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसैबीच संस्थाको ७४ हजार छ सय ६६ दशमलव ७० कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । नियमित कारोबारको लागि उक्त सेयर सूचीकृत भएको संस्थाले जानकारी दिएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६८ लाख १० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ९१ लाख २४ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी पाँच करोड ७२ लाख ४४ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा २४ करोड ४८ लाख ५६ हजार रूपैयाँ निक्षेप संकलन गरी ७१ करोड पाँच लाख ८५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई करोड ८९ लाख ७७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । संस्थाले गत आवको सोही अवधिमा १७ करोड २८ लाख ९५ हजार रूपैयाँ निक्षेप संंकलन गरी ५८ करोड तीन लाख ३४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड तीन लाख ११ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।