काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो सञ्जाल विस्तार गरी दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ ।
बैंकका अनुसार जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न पेसाकर्मीहरूको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाध्यक्ष जय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका हुन् । यसैगरी बैंकले जेठ २७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन वडा नम्वर ३ का वडाध्यक्ष राममणि पुडासैनीले स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न पेसाकर्मीेको उपस्थितिमा उद्घाटन गरिएको हो ।
सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले आफ्ना ग्राहकहरूलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । नयाँ दुई वटा एक्सटेन्सन काउन्टरसहित बैंकको शाखा संख्या एक सय ८९ र एक्सटेन्सन काउन्टर संख्या पाँच पुगेको छ ।