काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ । यो मोटरसाइकल भारतमा एक वर्षअघि नै लन्च भइसकेको थियो ।
यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त रहेको र यसले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीले जनाएको छ । यसअघि नै बजाजले एन सिरिजमा एन दुई सय ५० र एक सय ६० बजारमा लन्च गरिसकेको छ । कम्पनीका अनुसार पल्सर एन एक सय ५० मा रहेको आकर्षक फिचर भनेको ब्लुटुथ कनेक्टिभिटीसहितको कल तथा एसएमएस अलर्ट हो । साथमा युएसबी चार्जिङ पोर्ट पनि यो मोटरसाइकलमा उपलब्ध छ । त्यसैगरी यसको ‘युल इन्जेक्सन सिस्टम र बिएस ६ ले यो बाइकलाई झनै इफिसियन्ट बनाउने कम्पनीले जनाएको छ ।
पल्सर एन १५० एरोडायनामिक थ्रिडी फ्रन्टसहितको स्लिक डिजाइनको उपलब्ध हुनेछ । यसको मस्कुलर डायनामिक ट्याफी, पातलो बेस्ट भाग र सिङ्गल फ्याट सिटले यसको लुकलाई आकर्षक बनाएको छ । डिस्ट्यान्स्स–टु–एम्प्टी इन्डिकेटकर पनि उपलब्ध छ । साथै यस बाइकमा ‘क्याट’ नोटीफिकेसन र हाइड कनेक्ट एप पनि उपलब्ध हुन्छ ।
त्यसैगरि बाइकमा सिंगल ट्युब्युलर ह्यान्डल र प्यासेन्जर फुटरेस्टको सुविधा पनि रहेको छक्। मात्र १४५ केजीको कर्ब वेट भएको पल्सर एन १५० चलाउन निकै आरामदायी हुनेछक्। यसमा रहेको १४ लिटरको फिउल ट्याङ्कीले बारम्बार पेट्रोल भर्नुपर्ने समस्याबाट पनि छुटकारा दिनेछक्। बाइकको ब्रेकिङ सिस्टममा २६० एमएम फ्रन्ट डिस्क ब्रेक र १३० एमएम रियर ड्रम ब्रेक समावेश रहेको छक्। नेपाली बजारमा पल्सर एन १५० को मुल्य ३ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छक्।