काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले आगलागी पीडितलाई सहयोग गरेको छ । निर्जीवन बीमा क्षेत्रमा चीरपरिचित तथा विश्वासिलो नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड व्यावसायिक दृष्टिकोणबाट मात्र अब्बल नभई समाजप्रतिको दायित्व निर्वाहमा समेत अग्रणी स्थानमा रहेको कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको हो ।
कम्पनीले विगतदेखि नै विपद्को समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत विनियोजित रकमबाट प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको र २०८१ सालवैशाख १८ गते सप्तरी जिल्ला महादेव गाउँपालिका एक चिम्टीमा आगलागीका कारण प्रभावित ६६ घर परिवारलाई कम्पनीले आफ्नो लाहानस्थित शाखा कार्यालयमार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख बराबरको खाद्यान्नलगायतका राहत सामग्रीहरू वितरण गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए ।
साथै, उनले राहत वितरण कार्यक्रम यही असार एक गते कम्पनीको लाहान शाखाका शाखा प्रमुख तथा स्थानीय भद्रभलाद्मीहरूको उपस्थितिमा राखिएको जानकारी समेत गराएका छन् ।