काठमाडौँ, नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। झालाई नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। हाल उनको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार नै उनलाई वीर अस्पतालमा लगिएको छ । सोही प्रकरणमा शुक्रबार नै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो।