काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकले होटल हिमालयमा विशेष छुट पाउने भएका छन् । एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षार गरेका हुन् । सोपश्चात प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले ललितपुरको कुपन्डोलमा रहेको होटल हिमालयमा विशेष छुट पाउने भएका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।