काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा संख्या ११ हजार पाँच सय नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म लघुवित्तसहित एक सय १० वटा वित्तीय संस्थाहरूको कुल शाखा संख्या ११ हजार पाँच सय २८ वटा पुगेको हो ।
सबैभन्दा बढी शाखा लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकहरूको देखिएको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूको शाखा संख्या तुलनात्मकरूपमा कम छन् । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ३२, विकास बैंकहरूको एक हजार एक सय ३५, फाइनान्स कम्पनीहरूको दुई सय ८८ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार एक सय ११ वटा शाखाहरू सञ्चालनमा छन् ।
पूर्वाधार विकास बैंकको हालसम्म केन्द्रीय कार्यालयबाहेक अन्य कुनै पनि ठाउँमा शाखा कार्यालय सञ्चालनमा छैन ।