काठमाडौं । उत्कृष्ट पाककला भएको रेस्टुरेन्टले पाउने मिसेलिन स्टार यसपालि दुबईको रेस्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ले प्राप्त गरेको छ । बेलायती सेफ आर्थनटनले दुई दशकअघि दुबईको हिल्टन क्रिकबाट सुरु गरेको यो रेस्टुरेन्टले हालसम्म दुईवटा मिसेलिन पाइसकेको छ ।
खानामा राखिने सामग्रीको गुणस्तर, स्वादको सन्तुलन र सेफको दक्षतालाई प्रस्तुत गरी मेनुमा निरन्तरता दिएको रो अन फोर्टिफाइभमा हेड सेफको रुपमा नेपालका राहुल बाबु श्रेष्ठ कार्यरत छन् । सन् २०१३ देखि श्रेष्ठले विभिन्न रेस्टुरेन्टमा इन्टर्सिप गर्दै आफ्नो व्यावसायिक करिअर सुरु गरेका थिए ।
यसै क्रममा लन्डन र सिंगापुरमा जसनसँग र ३ वटा मिसेलिन स्टार पाएको नर्वेको रेस्टुरेन्टमा समेत काम गरिसकेका छन् । सन् २०१६ मा फेरि उनी जसनसँगै काम गर्न दुबई पुगेका थिए । हाल उनी रो अन फोर्टिफाइभमा सेफ दि क्युजिनसँगै मेनको इन्चार्ज र डिस डेभलप्मेन्टमा रही एक्जुकिटिभ सेफ ड्यान बर्कसँग किचन टिम सम्हालिरहेका छन् ।