काठमाडौं, असार ८
सामसङ इलेक्ट्रोनिक्स र होम एप्लाएन्सेसका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले आफ्नो डिजिटल प्लेटफर्म विस्तारको रुपमा सामसङ प्लाजाका लागि नयाँ वेबसाइट सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ वेबसाइटमा सामसङका उत्पादनहरुको विशेषताहरु र मुल्यहरु राखिएको छ जसले ग्राहकहरुलाई आवश्यक उत्पादनहरु कार्टमा राखेर खरिद गर्न सक्ने सुविधा प्रदान गर्दछ ।
लकडाउनको बीचमा सामसङ प्लाजाको नयाँ वेबसाइट आफ्नो घरको सुरक्षित वातावरणमा बसेर सामसङका उत्पादनहरु खरिद गर्न इच्छुक ग्राहकहरुका लागि समाधानको रुपमा आएको छ । यसका साथै उनीहरुले सर्भिससंग सम्बन्धित जिज्ञासाहरु पनि राख्न सक्नेछन् । सामसङ प्लाजामा विभिन्न मुल्य दायराका सामसङका उत्पादनहरु – एलईडी टिभी, रेफ्रजिरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र मोबाइल फोनहरु रहेका छन् । सामसङ प्लाजा नेपालका विभिन्न स्थाहरुमा अवस्थित छन् ।
हिम इलेक्ट्रोनिक्स प्रा.लि. की निर्देशक सीमा गोल्छाले बजारमा कम्पनीको उपस्थीतिलाई अझ बलियो बनाउन र स्ट्रिमलाइन पहिचानका साथ आउदो वर्षहरुमा फस्टाउँदै जान अर्को कदमको रुपमा नयाँ वेबसाइट सार्वजनिक गरेको बताईन् । हालै शुरुवात गरिएको वेबसाइटमार्फत ग्राहकहरुलाई आफ्नै घरको सुविधा र सुरक्षामा रहेर सामसङ उत्पादनहरु खरिदको नयाँ अनुभव प्रदान गर्ने बताउँदै उनले ग्राहरुको सेवाका लागि कम्पनी सदैब तत्पर रहेको बताईन् ।