काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १५ दशमलव ७९ अंकले उकालो लागेको बजार परिसुचक नेप्से आज बुधबार पुन २३ दशमलव २५ अंकले उकालो लागेर २१ सय ७५ दशमलव ४० बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८२ अंकले उकालो लागेर तीन सय ८५ दशमलव ७५ अंकमा पुगेको छ ।
धितोपत्र बजारमा आज तीन सय २२ वटा कम्पनीहरुको ७२ हजार सात सय १४ पटकको कारोबारमा एक करोड ५२ लाख ९६ हजार सात सय ३९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार तीन सय ९१ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।