काठमाडौं, असार ८ समता लघुुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले दिएको जानकारीअनुसार समता लघुुवित्त र घरेलुु लघुुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जरमा जाने सम्झौता गरेपश्चात् मर्जरसम्बन्धी प्रक्रियाको लागि सेयर कारोबार रोक्का गरिएको हो । बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा गाभ्ने तथा प्राप्ती (एक्वीजिसन)सम्बन्धी नियमावली २०७३ अनुसार यही असार एक गतेबाट नै समताको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।