काठमाडौं, असार ८ चौतारी लघुुवित्त वित्तीय संस्था र आरम्भ लघुुवित्त वित्तीय संस्थाले यही असार २२ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुुवै संस्थाले मर्जरमार्फत एकीकृत कारोबार गर्ने मिति घोषणा गरेका हुुन् । दुवै संस्थाले नेपाल राष्ट्र बैंकले गत फागुुन १८ गते मर्जरको लागि स्वीकृति दिएको हो । सोपश्चात् कम्पनी रजिष्र्टडको कार्यालयले भने यही जेठ ३२ गते एकीकृत कारोबारको लागि स्वीकृति दिएको हो । दुवै निकायको स्वीकृतिपश्चात् मर्जरमार्फत आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्था लिमिटेडको नाउँमा एकीकृत कारोबार सुरु गर्न लागेको हो ।