नयाँदिल्ली । भारतको सेयरबजारले फेरि नयाँ रेकर्ड कायम गरेको छ । प्रमुख सेयर बजार सूचकहरु ‘निफ्टी ५०’ र ‘बीएसई सेन्सेक्स’ले सोमबार नयाँ उचाइ कायम गरेका हुन् । ‘निफ्टी ५०’ ८४ अंक बढेर २४ हजार पाँच सय ८६ विन्दु र ‘बीएसई सेन्सेक्स’ एक सय ४५ अंक बढेर ८० हजार छ सय ६४ विन्दुको नयाँ उचाइमा बन्द भएका छन् ।
इन्ट्रा–डे कारोबारमा निफ्टी २४ हजार पाँच सय ३० र सेक्सेक्स ८० हजार आठ सय ३४ विन्दुसम्म पुगेका थिए । अमेरिकी मुद्रास्फीति घटेको तथ्याङ्क सार्वजनिक भएपछि फेडरल रिजर्भले ब्याजदर घटाउने सम्भावना बढेको छ । यही कारण डलरमा भएको लगानी सेयरबजारमा भित्रिएको र विदेशी लगानीकर्ताले पनि भारतीय सेयरबजार छानेको कारण बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएकोे छ ।
शुक्रबारयता अमेरिकी बाजरमा पनि उच्च वृद्धि भइरहेको छ । अमेरिकामा ब्याजदर घट्ने सम्भावनाका कारण लगानीकर्ताले सुन र सेयर खरिद गरिरहेका छन् ।