जनकपुर, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी कार्यालयका कर्मचारीले लापरबाही गर्ने गरेको जनगुनासो बढेपछि आज ११ वटा मन्त्रालयमै छड्के अनुगमन गरेका छन् ।आज निरीक्षण तथा अनुगमन गर्दै त्यसक्रममा अधिकांश कार्यालयका कर्मचारीले समयमा हाजिर नगर्ने, स्वीकृति नलिएर बिदा बस्ने जस्ता समस्या रहेको पाइएको जानकारी दिए । प्रदेश सरकारकै मन्त्रालयका कर्मचारीले त्रुटि गरेको भेटिएपछि पत्र लेखेर जवाफ मारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालय समय सुरू भएलगतै मुख्यमन्त्री सिंहले ११ वटै मन्त्रालयको निरीक्षण गरेका हुन । रासस