काठमाडौं,पूर्वराज्यमन्त्री रामचन्द्र रायको सर्लाहीमा हत्या भएको छ । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ । चन्द्रनगर गाउँपालिका वडा नं १ स्थित घरमा उनको हत्या भएको हो । ८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । प्रहरीले यो उक्त घटनाबारे अध्ययन गरिराखेको छ ।