काठमाडौं, शेयर बजार परिसुचक नेप्से २५ सय बिन्दु नजिक पुगेको छ । अघिल्लो दिन झण्डै ६२ अंकंले उकालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार दुई दशमलव १५ अंकले उकालो लागेर २४ सय ८८ दशमलव शुन्य नौं बिन्दुमा कायम रहेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव ८९ अंकले ओरालो लागेर चार सय ४८ दशमलव ७९ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय नौं वटा कम्पनीहरुको एक लाख ७० हजार पाँच सय ५९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४० रुपैंयाँ कायम भएको छ । धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, निर्जीवन बीमा, पर्यटन, लगानी र लघुवित्त सहितका छ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने फाईनान्स, जलबिद्युत, जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार सहितका सात वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।