काठमाडौं । दक्षिण कोरियामा रहेका नेपालीहरूका लागि डिजाइन गरिएको डिजिटल मनी ट्रान्सफर एप फोनमनीले आफ्नो नयाँ योजना ‘फोनमनी साथमा, एक करोड हातमा’ सुरु गरेको छ । कम्पनीका अनुसार यो योजना २१ जुलाई २०२४ बाट सुरु भएर १ जनवरी २०२५ सम्म चल्नेछ, जुन छ महिनाको अवधिको लागि हुनेछ । कोरियामा कार्यरत र बसोबास गर्ने नेपालीहरूले फोनमनी एपमार्फत नेपालमा पैसा पठाएर यस योजनामा सहभागी हुन सक्नेछन् । यो योजना अवधिमा सहभागीहरूले हरेक हप्ता आफ्नो पठाएको रकम दोब्बर गर्ने मौका पाउनेछन् । साथै, योजनाको अन्त्यमा, एक भाग्यशाली विजेताले एक करोड कोरियन वन (करिब १० लाख नेपाली रुपैयाँ) को बम्पर पुरस्कार पनि जित्नेछन् ।
यस योजनामा सहभागी हुनका लागि फोनमनी एप प्रयोग गरी नेपालमा आफ्नो परिवार र साथीहरूलाई पैसा पठाउनुपर्नेछ । साथै, फोनमनीमार्फत हरेक ट्रान्सफरमा शून्य प्रतिशत सेवा शुल्क र सबैभन्दा राम्रो रेट उपलब्ध हुनेछ ।