काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही भदौ सात गते आफ्नो ३६औँ वार्षिक साधारणसभा गर्न लागेको हो । कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाटमा हुने वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट चार प्रतिशत अर्थात् २० करोड चार लाख ६६ हजार छ सय ५७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कम्पनीले सोही वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशतको अनुपातका दरले हुन आउने ५० करोड ११ लाख ६६ हजार छ सय ४२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।