काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ मा दुई करोड ५९ लाख ६३ हजार ज्ञ खुद मुनाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा निकै बढी हो । अघिल्लो आवमा संस्थाको यस्तो नाफा १६ लाख ७६ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड १४ लाख रूपैयाँ रहेको संस्थाले आव २०८१/८२ मा ३४ करोड ९३ लाख छ हजार तीन सय २० रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६८ करोड १७ लाख ३२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड २८ लाख ६१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम शून्य रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ४६ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा संस्थाले ३० करोड ८८ लाख ३७ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब २२ करोड ५४ लाख ७० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ६० लाख २५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २६ लाख १७ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात छ दशमलव ३६ प्रतिशत रहेको थियो ।