नयाँदिल्ली । भारतीय सेयरबजार नियामक सेबीले गत आर्थिक वर्षमा सेयरबजारमा इन्ट्रा डे कारोबार गर्ने ७० प्रतिशत कारोबारीहरुले नोक्सानी बेहोरेको जनाएको छ । सेबीले गतसाता सार्वजनिक गरेको प्रतिवेदनअनुसार ‘इन्ट्रा डे’ कारोबार गर्ने अधिकांश लगानीकर्ताले गुमाएका छन् । सेबीले एक लगानीकर्ताले औसतमा पाँच हजार तीन सय ७१ भारु नोक्सानी बेहोरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रतिवेदनमा पुरुष इन्ट्रा डे कारोबारीहरुले भन्दा महिला इन्ट्रा डे कारोबारीहरुले बढी नाफा कमाउने गरेको उल्लेख छ । सेबीले विवाहित र अविवाहित कारोबारीहरुको अवस्थाको बारेमा पनि तथ्यांक प्रस्तुत गरेको छ । विवाहित कारोबारीहरुको प्रदर्शन अविवाहित कारोबारीहरुको तुलनामा राम्रो देखिएको प्रतिवेदनमा उल्लेख छ । विवाहित कारोबारीहरुले कम नोक्सान बेहोरेका छन् ।