ढोरपाटन (बागलुङ) । मङ्गलबार साँझदेखि परेको अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जानकारी दिए । वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उनले बताए ।