काठमाडौं  । समाज लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही साउन ३२ गते सर्लाहीको जानकी फेमली होटलमा विशेष साधारणसभा गर्न लागेको हो । विशेष साधारणसभामार्फत संस्थाले जारी पुँजी वृद्धि गरी चार करोड रुपैयाँ पुर्याउने तयारी गरेको छ ।