काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफा बढेको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ मा ६० करोड ३२ लाख १७ हजार आठ सय ४० रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २४ करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा बैंकको यस्तो नाफा ३६ करोड १३ लाख ६४ हजार पाँच सय ४४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब २८ करोड ११ लाख ६४ हजार छ सय ६९ रुपैयाँ रहेको बैंकले आव २०८०/८१ मा ५९ अर्ब छ करोड ६७ लाख ११ हजार सात सय २८ रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९९ करोड ४३ लाख ५६ हजार पाँच सय एक रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब १२ करोड ५२ लाख १७ हजार आठ सय १२ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ३५ करोड ७८ लाख ८० हजार एक सय ९८ रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने बैंकले ५३ अर्ब ४७ करोड २४ लाख १० हजार पाँच सय ५७ रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ८५ करोड १३ लाख ३६ हजार तीन सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब छ करोड ७६ लाख ६३ हजार सात सय ७६ रुपैयाँ रहेको बैंकमा तीन दशमलव शून्य नौ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने पाँच करोड २७ लाख ५६ हजार तीन सय २८ रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ८९ प्रतिशत रहेको थियो ।