बेइजिड., असार ११
अमेरिकी प्रविधि कम्पनी गुगलका पूर्वकर्मचारी कोलिन हुआङ चीनकै दोस्रो ठूलो धनी बनेका छन् । चर्चित म्यागजिन फोब्र्सका अनुसार आफ्नो गेमिङ कम्पनी पिन्डुओडुओले उनलाई उक्त सफलता दिएको हो ।
कोलिनको इ–कमर्स व्यवसाय विश्व महामारी कोरोनाका कारण फस्टाएपछि उनले चर्चित चिनियाँ अर्बपति तथा अलिबाबाका संस्थापक ज्याक मालाई समेत पछि पारेका छन् । उनीसँग ४५ अर्ब ४० करोड डलरबराबरको सम्पत्ति रहेको फोब्र्सले जनाएको छ । यो सम्पत्ति माको भन्दा धेरै हो भने टेन्सेन्टका पोनी माको भन्दा कम हो ।
बीबीसीका अनुसार कोलिननले माइक्रोसफ्टमा पनि इन्टर्न गरेका थिए । त्यसपछि उनले गुगलमा तीन वर्ष बिताए । ‘यो तीन वर्ष मेरा लागि निकै मूल्यवान् साबित भयो’, उनले सन् २०१६ मा एउटा ब्लगमा भनेका थिए, ‘गुगलमा मैले योगदान गरेभन्दा धेरै मिल्यो ।’ उनको पिन्डुओडुओको मूल्यले उनलाई दोस्रो धनीमा पु-याएको हो ।
के हो पिन्डुओडुओ ? यो एउटा शपिङ गेम कम्पनी हो । कोलिनले सन् २०१५ मा यसको स्थापना गरेका थिए । चीनमा महामारीका बीच निकै चर्चित हुनपुग्यो । ५ करोड मागबाट प्रतिदिन ६ करोड ५० लाख माग आउनथाल्यो । यसका नयाँ फिचरहरु टिम बाइङ, जुन किन्न क्रेताहरु कम मूल्यमा धेरैका लागि सँगै आउँथे । ग्राहकले यो साइटमा गेम खेल्न सक्छन् भने निःशुल्क गिफ्ट समेत पाउँछन् ।