काठमाडौं । शेयर बजार परिसुचक नेप्से उच्च बिन्दुमा पुगेको छ । अघिल्लो दिन ९४ दशमलव ५३ अंकले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन ७० दशमलव ८१ अंकले उकालो लागेर २९ सय ३१ दशमलव ६५ बिन्दुमा पुगेको छ । क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ५६ अंकले उकालो लागेर पाँच सय १२ दशमलव ४७ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३९ वटा कम्पनीहरुको दुई लाख ८३ हजार ४७ पटक शेयर किनबेच भएको छ । सो अनुसार छ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २७ अर्ब २४ करोड २० लाख ३४ हजार सात सय ६५ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुृहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये लगानी र उत्पादनमुलक उपसमुहहरुको सुचक ओरालो लागेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।