विराटनगर । कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशको उद्योग तथा व्यापारलाई ध्यानमा राखी प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्न लागिएको जनाइएको छ ।
कोशीको प्रदेश सरकार गठन भएको एक सय दिनको पूर्वसन्ध्यामा सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी तथा व्यापारीहरूसँग अन्तर्किया गर्दै मुुख्यमन्त्री हिक्मत कार्कीले सम्मेलनमा स्वदेशी तथा छिमेकी मुलुकका उद्यमीहरूलाई लगानीको वातावरण रहेको अनुभूति गराउने जानकारी दिए । मुख्यमन्त्री कार्कीले निजी क्षेत्रले सुनसरीको अमडुवामा उद्योग स्थापना गर्ने प्रण गरेमा सो स्थानमा रहेको छ सय ५० विघा जग्गा समेत ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले निजी क्षेत्रको सहयोगमा पर्यटकीय स्थलहरूलाई दुई ठूला छिमेकी मुलुकमा ब्रान्डिङ गरी पर्यटक आगमनमा वृद्धि गर्ने कार्यको सुरुवात गर्ने बताए ।
निजी क्षेत्रको सहकार्यमा नागरिकको जीवनस्तर उठाउन ल्याउने ठूला परियोजनाका लागि प्रदेश सरकारले आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।