टर्की । एक विपक्षी दलका सांसदले सत्तारुढ दललाई आतङ्कवादी संगठन भनेपछि शुक्रबार टर्कीको संसद्मा सांसदहरुबीच दोहोरो झडप भयो । सांसदहरूले एक–अर्कालाई लात र मुक्का प्रहार गरेका छन् । उनीहरुबीच करिब ३० मिनेटसम्म झगडा चल्यो । जसमा तीन विपक्षी सांसद घाइते भएका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियो फुटेजले वक्ताको पोडियमको पाइलामा रगतको थुप्रो पनि देखाएको छ ।
वास्तवमा, एक विपक्षी सांसदले टर्कीका राष्ट्रपति एर्दोगानको पार्टीलाई आतङ्कवादी संगठन भनेका थिए । त्यसलगत्तै एर्दोगनको जस्टिस एन्ड डेभलपमेन्ट पार्टीका एक नेताले विपक्षी नेता अहमद सिकमाथि हमला गरेका थिए । संसद्मा बोल्दै गरेको बेला सत्तारुढ दलका एक नेताले कुटेका थिए । त्यसलगत्तै दुई पक्षबीच हानाहान सुरु भएको थियो ।